कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महात्त्वाकांक्षामा रुम्मलिएको राजनीति

हरि रोका

काठमाडौ — ठूलो राजनीतिक संघर्षपछि सत्ताको नेतृत्व गर्न पुगेको माओवादीभित्र आन्तरिक कचिङ्गल चैतमा लागेको विनाशकारी डढेलोझैा फैलिरहेको छ । नेपाली कांग्रेसका दुई खेमाबीचको 'शीतयुद्ध' 'युद्धमा' रूपान्तरित हुन सक्ने खतरा देखिएको छ ।

सत्ताबाट भर्खरै बाहिरिएको एमालेभित्र आाधी आउनुअघिको सन्नाटाजस्तो शान्ति देखिएको छ । यी आन्तरिक कचिङ्गल र विभाजन राज्यको रूपान्तरणसँगै आफैं रूपान्तरणको प्रक्रियामा संलग्न हुन लागेका हुन् कि भन्ने आभास दिलाइरहेका देखिन्छन् । अर्कातर्फ परिवर्तनकै बाहक शक्तिको आन्तरिक तथा आपसी कटुताले आजसम्मका संघर्षबाट प्राप्त सबै राजनीतिक उपलब्धि र रूपान्तरणका प्रत्रियाहरू समाप्त हुन सक्ने आशंका छ । सांगठानिक तथा राजनीतिक उतारचढावले पार्न सक्ने सम्भावनालाई एतिहासिक सन्दर्भमा केलाउनु आवश्यक छ ।
माओवादी, एमाले आफूलाई वामपन्थी कम्युनिस्ट समाजवादी मान्यताअनुरूप राख्ने गरेका छन् । नेपाली कांग्रेस आफूलाई प्रजातान्त्रिक समाजवादी मान्ने दलको रूपमा स्थापित छ । दुई सय वर्षको इतिहासमा लेखिएका दस्तावेजलाई दाँजेर हेर्दा तीनवटै दलहरू समाजवादी विचारधारासाग जोडिएका दलहरू हुन् । यद्यपि नेपाली कांग्रेसले आफूलाई मध्यमार्गी राजनीतिक दलको रूपमा प्रस्तुत गर्दै आएको छ । आर्थिक, सामाजिक तथा राजनीतिक कार्यक्रमका आधारमा उसले व्यतीत गरेको पछिल्लो २० वर्षको इतिहासलाई केलाउँदा पहिलो उत्तरार्द्धमा उसका गतिविधिहरू केन्द्रबाट दक्षिणतर्फ मोडिएका थिए । पछिल्लो आधा दशकको पूर्वार्द्धमा आएर केन्द्रबाट बायाँतर्फ मोडिएको हो कि भन्ने देखिन्छ । यद्यपि यी दुवैको संयोग वा जोडको औसतलाई हेर्दा केन्द्रबाट दक्षिणपन्थतर्फको झुकावको पल्ला भारी देखिन्छ । एमाले सुरुमा वामपन्थी धारबाट क्रमिक रूपमा कार्यक्रमिक हिसाबले दक्षिणपन्थको बाटो तय गरिरहेको छ । उसका तमाम क्रियाकलापहरू सन् १९९६ पछि ढुलमूल र मौकापरस्त राजनीतिक पार्टीको रूपमा अस्तित्वमा रहेको छ । र लगभग नेपाली कांग्रेसले विगत २० वर्षदेखि लिई आएको मान्यताभन्दा आफूलाई पृथक् देखाउनेभन्दा सत्ता प्राप्तिका लागि सामीप्यता प्रदर्शन गर्नेमा अग्रसर देखिन्छ । माओवादी रोमाञ्चकारी क्रान्तिकारी परिवर्तन हँुदै तीव्र गतिमा वामपन्थी सुधारवादतर्फ अग्रसर छ । केही अगाडिसम्म माओवादीभित्र क्रान्तिकारी फड्को मार्ने वा सुधारवादी गतिविधिलाई अगाडि बढाउँदै रूपान्तरणका गतिविधिलाई तीव्र पार्ने भन्ने विषयमा आफुभित्र वैचारिक द्वन्द्व देखिएको थियो । हाल आएर सामान्य कार्यनीतिक सवालहरूमा समेत फरकमत देखिएका छन् । समग्रमा यो मूल्याङ्कन मुख्य राजनीतिक दलहरूले हाल अख्तियार गरेका कार्यनीति तथा उनीहरूले अख्तियार गरेका व्यवहारका आधारमा विवेचना गर्ने प्रयत्न गरिएको हो ।
तीन दशकअगाडि संसारमा स्थापित सामाजिक आन्दोलनका खम्बाहरू खासगरी दक्षिणका मुलुकहरूमा किन्सियन अर्थशास्त्र, राज्यले लोक कल्याणकारी अवधारणा अनुरूप गर्ने सेवाहरूको समूल नष्ट, अन्तर्राष्ट्रिय निगमहरूको एकाधिकारको स्थापना र बोलवाला, शक्तिशाली ट्रेड युनियन तथा अन्य संगठित आन्दोलनहरूमाथिको बन्देजले धेरै अप्ठ्यारो अवस्था सिर्जना गरेको बेला जनवाद वा समाजवादलाई कसरी परिभाषित गर्ने र नेपाली भूराजनीतिक सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने कुरा आफैंमा अप्ठ्यारो हो । यद्यपि झमेला उठाउनेहरूले लोकपि्रय आन्दोलन वा विद्रोहका लागि आवश्यक कार्ययोजना र कार्यक्रमहरू अगाडि नसार्नाले हलो अड्काउन कतै आफैा साधनका रूपमा उपयोग भएर समस्त राजनीतिक प्रक्रियालाई तुहाउन मात्र खोजेको त होइन भन्ने आशंकाहरू अर्को कोणबाट उठाउन थालिएका छन् ।
यति बेलाको नेपाली राजनीतिको लडाइँ अब स्थापित हुने व्यवस्थालाई कसरी सामाजिक बनाउने भन्नेमै केन्दि्रत हुनुपर्ने
हो । त्यसका लागि समाजमा स्थापित भएका संस्थाहरूलाई, बन्ने संस्थाहरूलाई कसरी समावेशी र सबैको पहुँच हुन सक्ने गरी स्थापित गराउने ? एकोहोरो रूपमा विगत झन्डै तीन दशकदेखि पुँजीको एकीकरण र पुाजीवादी पुँजी संकलनका कारण सामान्य पुँजी निर्माणसम्म गर्न नसकेको समग्र नेपाली समाजलाई पुँजी निर्माणको काममा कसरी व्यवस्थित रूपमा सहभागी बनाउने ? समाजमा अति उग्र रूपमा हुर्कंदै गएको व्यक्तिवादी प्रवृत्तिलाई कसरी सामूहिक हित र समग्र राष्ट्रिय हितमा परिचालन गर्ने र अन्तमा केन्द्रीकृत परिपाटीमा हालसम्म रहेका सबै आर्थिक, सामाजिक अवयवहरूलाई तलसम्म सबैको पहुाचभित्र कसरी पुर्‍याउने भन्ने हो । सबैले बुझ्न के जरुरी छ भने घुमिफिरी समाजवादको विकल्प पुाजीवाद होइन, हुन सक्दैन भन्ने समय आउँदै छ । सन् १८८० को दशकमा युरोपमा लोकपि्रय भएको नारा 'समाजवाद भनेको अाध्यारोको मृत्यु र उज्यालोको जन्म हो । नयाँनयाँ आविस्कार अनुसार विश्वलाई पुनः नयाँ सम्भावनाको संसार बनाउन सकिन्छ ।' के बयोवृद्ध नेताहरू जो आफैं गाढा अँध्यारोमा छन् र पटकपटक असफल भएका छन् ले यो नारालाई आत्मसात् गरेर नयाँ पिँढीलाई बाटो
खुला गर्लान् ?

प्रकाशित : पुस २३, २०६८ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?