१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

'सरकारमा गएपछि पार्टी अस्वस्थ्य'

माधब अर्याल

पाल्पा — माओवादी प्रवक्ता एवं सरकारका शिक्षा मन्त्री दीनानाथ शर्माले पार्टीभित्रको भाइरस संक्रमण भित्रैबाट समाधान हुने बताउँदै पार्टी सरकारमा गएपछि पार्टीको स्वास्थ्य विग्रेको बताए ।

'सरकारमा गएपछि पार्टी अस्वस्थ्य'

नेपाल पत्रकार महासंघ पाल्पाले शनिवार तानसेनमा आयोजना गरेको अन्र्तक्रियामा बोल्दै उनले पार्टीभित्र भाइरस अन्यत्रबाट संक्रमित भएको बताउदै विरामीको उपचार गर्न पार्टीभित्रैका डाक्टर बैद्यहरु लागि परेको बताए । उनले नेपाली जनताको भावनाभन्दा पनि पार्टी भित्रैका केही साथीहरु अन्र्तराष्ट्रिय केही शक्तिको पछाडि लागेर भाइरस संक्रमित गराएको बताए ।
पार्टी फुटाएर क्रान्ति सफल हुन्छ भन्नेहरुको मनमष्तिष्कमा भुत सवार भएको बताउँदै जसले पार्टी फुटाउन खोज्छ उनीहरु आफै नासिएर जाने बाटो रोजेको उल्लेख गरे । उनले कसैले भाइरस संक्रमण गराउदैमा पार्टी कमजोर नहुने भन्दै वैचारिक रुपमा माओवादी पार्टी अझै मजवुत भएर जाने दावी गरे । उनले सानातिना मतभेदले गर्दा माओवादी पार्टी नफुट्ने बताए ।
शर्माले संविधान लेख्ने कामलाई वर्तमान सरकारले तिव्रता दिएको र विवादित विषयमा समेत सहमति नजिक पुगेको जनाए । शिक्षा नीति मुर्त र ठोस नभएकाले शिक्षाको गुणस्तर सुधि्रन नसकेको उनको कथन थियो । उनले व्यवसायिक र प्राविधिक शिक्षाको खांचो रहेको औल्याउदै अन्तर्राष्ट्रिय प्रतिष्पर्धी सक्षम नागरिक उत्पादन गर्ने खालको शिक्षा चाहिएको बताए ।

प्रकाशित : पुस १६, २०६८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?