कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.८६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बजेटले मन्दी उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : सांसद जबरा

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दी तर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने दाबी गरेका छन् । 

बजेटले मन्दी उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन : सांसद जबरा

प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै जबराले जीडीपीको बृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए ।

सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपाय सुझाइरहेको भएपनि त्यसअनुसार बजेट नआएको जबराको भनाइ थियो । जनताको क्रय शक्ति धेरै घटेको बताउँदै जबराले आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको बताए ।

‘जीडीपीको बृद्धिदर सुस्त छ । मुद्रास्फिती उच्च छ । बेरोजगारी बढ्दो छ । महत्वपूर्ण राजस्व चुनौतिहरू छन् । सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपाय सुझाइरहेका छन् तर सुधार प्रक्रिया सुस्त छ । संरचनात्मक समाधान गर्नु र आर्थिक वृद्धिको लचिलोपन सुधार गर्नुमा निर्भर हुनेछ,' जबराले भने, 'यसले मन्दी तर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । जनताको क्रय शक्ति स्वात्तै घटेको छ । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन । अहिलेको बजेटमा यसको निराकरणका उपाय केही पनि लिएको छैन । यो गैरजिम्मेवारीपनाको पराकाष्टा हो । ६ खर्ब बराबरको बजेट घाटा यो बजेटमा देखाइएको छ ।'

यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फितीको अवस्था कायम भई देशमा आर्थिक अराजकता मात्रै नभई चरम सामाजिक विकसंगति पनि बढ्न सक्ने सांसद जबराको भनाइ थियो । वर्तमान अवस्थामा न त वैदेशिक अनुदान, न त वैदेशिक ऋण, न त आन्तरिक ऋणले बजेटमा देखाइएअनुसारको न्यून पूर्ति गर्नसक्ने रहेको उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कल्पना र लहड तय गरेको आरोप जबराले लगाए ।

प्रकाशित : असार २, २०८१ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x