कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जनताले दु:ख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक : कोइराला

काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताएका छन् ।

जनताले दु:ख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक : कोइराला

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाइ समितिले सोमबार गरेको कार्यक्रममा बोल्दै उनले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको आरोप लगाए ।

उनले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद् र सडकबाट उठाएको बताए । नेता कोइरालाले कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन आवश्यक नभएको बताए । 'संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको भन्ने गरिन्छ । तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,' उनले भने ।

नेता कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गरे। उनले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताए । उनले कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पारे ।

'राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,' कोइरालाले भने । उनले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको बताए ।

प्रकाशित : जेष्ठ १४, २०८१ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×