कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सहकारी ठगी प्रकरण : शीर्ष नेताहरू र कार्यदलको संयुक्त बैठक जारी

काठमाडौँ — सहकारी बचत अपचलनमा छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदल र दलहरूका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सोमबार सरकारले बजेट पेस गर्ने कार्यक्रम रहेकाले पनि त्यसअगाडि नै दलहरू सहमति जुटाउने प्रयासमा लागेका हुन् । 

सहकारी ठगी प्रकरण : शीर्ष नेताहरू र कार्यदलको संयुक्त बैठक जारी

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिन समितिको कार्यादेशमै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान लिएपछि दलहरूबीच सहमति जुट्न नसकेको हो ।

सोमबारको बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायत छन् ।

प्रकाशित : जेष्ठ १४, २०८१ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×