कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सरकारले संसद्‍मा प्रतिपक्ष र बाहिर मिडियालाई नियन्त्रण गर्न खोज्दैछ : महामन्त्री थापा

काठमाडौँ — कांग्रेस महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताएका हुन्। 

सरकारले संसद्‍मा प्रतिपक्ष र बाहिर मिडियालाई नियन्त्रण गर्न खोज्दैछ : महामन्त्री थापा

महामन्त्री थापाले अहिलेको सरकारको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने उनको भनाइ छ ।

प्रतिपक्षलाई संसद्‍मा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने काम राम्रो नरहेको बताए । ‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्‍यो । त्यसैले कन्टेन्टमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन । प्रतिपक्षलाई संसद्‍मा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ,' महामन्त्री थापाले भने ।

अहिले मिडियालाई नियन्त्रण गरे पनि पछि नागरिकलाई नै प्रश्न गर्नबाट सरकारले रोक्न सक्ने उनको भनाइ छ । 'मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरुसँग जोडिएको छ । किनभने तपाईं आज माइतीघरको मण्डलामा उभिएर एक जना निहत्था नागरिकले प्रश्न गर्न पाउनुपर्छ,' उनले भने ।

त्यस्तै अहिले सरकारलाई झक्झकाउने बेला आएको उल्लेख गर्दै उनले भने , 'हाम्रो विरोध प्रदर्शन जुन सत्ताले रवैया देखाइरहेको छ, निरंकुशताउन्मुख रवैया हो यो । यो जुन खालको गठजोड छ, यो गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ । यसले बिस्तारै-बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ । अहिले बोल्ने बेला आएको छ ।’

प्रकाशित : जेष्ठ १३, २०८१ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?