कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बुढानीलकण्ठमा

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल बुढानीलकण्ठ पुगेका छन् । संसद्‍मा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवा निवासमै पुगेको उनको सचिवालयले जनाएको छ । 

कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री दाहाल बुढानीलकण्ठमा

केही बेरमा सत्ता पक्षले बोलाएको बैठकमा शीर्ष नेताहरू सहभागी हुँदैछन् । त्यसअघि कांग्रेस पनि आन्तरिक छलफलमा जुटिरहेको छ । सहकारी ठगी प्रकरणमा बनाउने भनिएको संसदीय छानबिन समितिको कार्यादेशको टुंगो नलाग्दा लामो समयदेखि संसद्मा गतिरोध देखिएको छ ।

कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर कार्यादेश बनाउनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्षले भने नाम किटान गरेर समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।

कार्यादलको बैठकले शनिबार कम्पनीको नाम किटान गरेर जाने सहमति गरे पनि शीर्ष नेताहरूबाट टुंगो लागिसकेको छैन । आजको बैठकले सबै कार्यादेशको टुंगो लगाई संसदीय छानबिन समिति बनाउने निष्कर्ष निकाल्ने बताइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०८१ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?