कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : कान्तिपुरको इतिहासमा सबैभन्दा बढी मेरो आलोचना छ, तर लेख्यो भन्दैमा मिडिया नियन्त्रण गर्दा कहाँ पुगिन्छ ?

कन्टेन्ट र विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास ज्ञानेन्द्र शाहको कालमा भन्दा बढी छ : महामन्त्री गगन थापा

काठमाडौँ — प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई कसैको बारेमा लेखेकै आधारमा  मिडियालाई नै नियन्त्रण गर्नेतर्फ नलाग्न  सम्झाएका छन् । दुई दिनअघि देउवाले प्रधानमन्त्री दाहललाई भनेको भनाई उदृृत गर्दै कांग्रेस महामन्त्री  थापाले आइतबार प्रेस युनियनको कार्यक्रममा जानकारी गराएका हुन् ।  

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : कान्तिपुरको इतिहासमा सबैभन्दा बढी मेरो आलोचना छ, तर लेख्यो भन्दैमा मिडिया नियन्त्रण गर्दा कहाँ पुगिन्छ ?

'हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले दुई दिन अघि प्रधानमन्त्रीलाई नामै लिएर भन्नुभयो - तपाईंले कान्तिपुर स्थापनादेखि आजसम्मको हेर्नुभयो भने कान्तिपुरबाट सबैभन्दा बढी गाली गरिएको, आलोचना गरिएको, सबैभन्दा लखेटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । तर म लखेटिएको छु, मैले गाली खाएको छु, लखेटिएको गाली खाएको कुराको म आफ्नो ठाउँमा जवाफ दिउँला । तर मलाई लखेट्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न खोजियो भन्ने भने कहाँ पुग्छ ?' देउवाको भनाइ उदृृत गर्दै महामन्त्री थापाले भने । उनले अहिले कसैको मुख थुन्दै गर्दा कुनै दिन प्रश्न सोध्न पाउने अधिकार नै कुण्ठित हुने दाबी गरे ।

नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री गगन थापा

'कुनै मिडियाकर्मी अनुसन्धानभन्दा माथी हुँदैन । यसमा हामी प्रष्ट छौं । तर म जुन प्रबृत्ति देखिरहेको छु । मैले ज्ञाननेद्र शाहको पालामा पनि देखें कन्टेन्ट र विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास । त्यो बेलामा पनि यत्तिको भएको थाहा पाएको थिइनँ । यो कुनै एउटै मिडियाको विषय होइन, यहाँ मान्छे मर्‍यो भन्ने होइन काल पल्क्यो भन्ने चिन्ता हो' महामन्त्री थापाले भने,'केही समयपछि सत्ताले भनेको विषयवस्तुलाई उसले चाहे जस्तो नियन्तरण गर्ने कानुन आउनसक्छ ।' अहिलेको सत्ता निरंकुशताउन्मुख र अनुदारवादी रहेको उल्लेख गर्दै उनले यस्तै कारण थाहै नपाई व्यवस्था जाने भएकाले कांग्रेस लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि अहिले सडकमा समेत आएको जानकारी दिए ।

प्रकाशित : जेष्ठ १३, २०८१ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?