कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ — सहकारीको रकम अपचलनमा संसदीय छानबिन समिति गठन गर्नका लागि कार्यादेश टुंगो लगाउन कार्यादलको बैठक बस्दैछ । बैठक बिहान ९ बजेदेखि सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने भनिए पनि सुरु भएको छै । 

सहकारी ठगी प्रकरण : संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

आजको बैठकले कार्यादेशको टुंगो लगाउने बताइएको छ । बिहीबार पनि छलफल भएको थियो तर सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको थियो । सत्ता पक्षले बिहीबार सहकारीको नाम उल्लेख गर्ने ड्राफ्ट तयार पारेको थियो ।

त्यसमा नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकै नाम किटान हुनुपर्ने माग राख्दै आएको छ । सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलमा उपप्रधानमन्त्री लामिछानेको नाम किटान गर्ने वा नगर्ने भन्नेमा सहमति जुट्न सकेको छैन ।

प्रकाशित : जेष्ठ ११, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?