२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि हसिना खान सिफारिस 

अबधेशकुमार झा

राजविराज — जनता समाजवादी पार्टीले रिक्त प्रतिनिधिसभा सदस्यका लागि बाँके जिल्लाकी हसिना खानलाई सिफारिस गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले खानलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको प्रवक्ता मनिष सुमनले बताए । 

जसपाबाट प्रतिनिधिसभा सदस्यका लागि हसिना खान सिफारिस 

प्रतिनिधिसभा निर्वाचनमा जसपाको समानुपातिक तर्फबाट सांसद चुनिएकी सहनाज रहमानको २०७९ फागुन १३ मा हृदयघातबाट निधन भए पछि मन्जु अन्सारी सांसद भएकी थिइन् । अन्सारीको पनि गत चैत ४ गते हृदयघातबाट निधन भए पछि जसपाको एक समानुपातिक सांसद पद रिक्त थियो ।

प्रकाशित : चैत्र २२, २०८० ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?