कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

यी हुन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका १६ निर्णय

काठमाडौँ — सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । नयाँ सत्ता समिकरण बनेलगत्तै चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोग विघटन गर्ने निर्णय गरेको हो । एक साताभित्र पुनः आयोग गठन गर्नेगरी उक्त आयोग विघटन गर्ने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

यी हुन् मन्त्रिपरिषद्को पछिल्लो बैठकका १६ निर्णय

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले सरकारले उक्त आयोग कानुनसम्मत ढंगले एक हप्ताभित्र पुनर्गठन गर्नेगरी विघटन गरेको बताइन् । नयाँ बन्ने आयोगले भूमिको व्यवस्थापन सम्बन्धी बाँकी कामलाई अघि बढाउने मन्त्री शर्माको भनाइ थियो ।

सरकार परिवर्तनसँगै सो आयोगको विघटन र पुनर्गठनको प्रक्रियाले भूमिहीनहरुको समस्या समाधानमा व्यवधान उत्पन्न हुने काम भइरहेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।



प्रकाशित : चैत्र ९, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?