कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कांग्रेसले गृहमन्त्रीमाथि आक्रमण गर्‍यो, राजीनामा माग्नु असान्दर्भिक : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आक्रमण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक नभएको दाबी गरे । 

कांग्रेसले गृहमन्त्रीमाथि आक्रमण गर्‍यो, राजीनामा माग्नु असान्दर्भिक : अर्थमन्त्री पुन

'कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्नु सान्दर्भिक छैन,' उनले भने, 'किनभने उहाँमाथि अभियोग लगाएर, अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कारबाहीका लागि सिफारिस गरेको विषय होइन । राजनीतिक रुपले सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ ।'

राजनीतिमा समिकरण परिवर्तन भइरहने उल्लेख गर्दै अर्थमन्त्री पुनले जिम्मेवार राजनीतिक दलले संयमतापूर्वक भूमिका खेल्नुपर्ने बताए । बेलाबखतमा आफूमाथि पनि नियोजित रुपमा आक्रमण हुने गरेको समेत उनले दाबी गरे।

माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका अर्थमन्त्री पुनले छिट्टै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् चल्न दिएर विनियोजन बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुनुपर्ने धारणा राखे ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको बेला रास्वपा सभापति लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाइएको भन्दै कांग्रेसले राजीनामा माग गर्दै आएको छ । त्यसका साथै कांग्रेसले लामिछानेको नियुक्तिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा चित्तबुझ्दो जवाफ मागेको छ । जसका कारण कांग्रेस शुक्रबार बसेको संसद्‌ बैठक कार्यसूचीमै प्रवेश गर्न नदिएपछि चैत ४ गतेसम्म स्थगित गरिएको छ ।

प्रकाशित : चैत्र २, २०८० १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?