जनमत पार्टीले सरकारलाई समर्थन नगर्ने
काठमाडौँ — जनमत पार्टीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले समर्थन नगर्ने भएको छ ।पार्टीको गत बुधबार बसेको बैठकको निर्णयबारे मंगलबार प्रवक्ताले विज्ञप्ति मार्फत् जानकारी गराएका हुन् ।
' नयाँ गठबन्धन बनेको सम्बन्धमा तत्कालै सो गठबन्धमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने' पार्टीको विज्ञप्तिमा छ ।
जनमतले ईलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (१) मा उम्मेदवार उठाउने जनाएको छ ।
जनमतले सप्तरीमा २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन ऊपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको विज्ञप्तिमा छ ।
प्रकाशित : फाल्गुन २९, २०८० १३:३०प्रतिक्रिया