२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था  तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले प्रधानमन्त्री मातहत ल्याइएका यी दुई विभागले ठीक ढंगले चल्न नसकेको बताए । 

सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् : गगन थापा

उनले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग कार्यकारी शक्तिमा हुनेहरुको हतियार बनेको आरोप लगाए ।

'सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान कानून अनुसार चलेका छन् । अपेक्षा गर्ने कुरा त्यही हो । तर यी दुई निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानूनीरुपमा चल्ने भन्दा पनि कार्यकारीको इच्छामा उछल्ल छ की भन्ने आंशका छ । कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउँछन् भन्ने आरोप छ,' उनले भने ।

उनले राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजार हल्ला नभएर बास्तविकता रहेको दाबी गरे । महामन्त्री थापाले राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको विषयमा जानकारी दिन आग्रह गरे ।

'राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरु र प्रमाण छन् । बजारका हल्ला मात्रै हुन् भन्ने सक्ने अवस्था छैन । राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको छ की छैन ?,' उनले प्रश्न गर्दै भने, 'कानूनमा समय अनुकल संशोधन गर्नुपर्ने कुरा आएको छ । तर सम्पत्ति शुद्धीकरणमा बेनामी उजुरीको आधारमा कसैलाई दुख दिने माध्यमको रुपमा देखा परेको बुझिन्छ ।'

प्रकाशित : फाल्गुन १७, २०८० १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?