कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

भजनशिरोमणि भक्तराज आचार्यको निधन 

कान्तिपुर संवाददाता

काठमाडौँ — भजनशिरोमणि गायक, संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार ८२ वर्षको उमेरमा उनको निधन भएको हो । सोमबार घरमै बसेका बेला एक्कासि अक्सिजनको लेभल घटेपछि अस्पताल लैजाने क्रममा आचार्यको निधन भएको छिमेकीसमेत रहेका संगीतकार हरि लम्सालले इकान्तिपुरसँग पुष्टि गरे । 

भजनशिरोमणि भक्तराज आचार्यको निधन 

अक्सिजन लेभल घटेपछि मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको मृत्यु भएको लम्सालले जानकारी दिए । उनले भने, 'दसैंताका बुवा घरमै लड्नु भएको थियो । त्यसपछि उहाँ आराम गरिरहनु भएको थियो । उहाँको स्वास्थ्यमा सुधारसमेत भइरहेको थियो । तर सोमबार एक्कासि अक्सिजन लेभल घटेपछि उहाँलाई म र स्वरूप दाइ मिलेर मेडिसिटी अस्पताल लैजाँदै थियौँ । त्यही क्रममा उहाँको निधन भएको हो ।' समयमै अस्पताल पुर्‍याए पनि चिकित्सकले 'ब्रट डेड' घोषणा गरेको लम्सालले बताए ।

०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि आचार्यको स्वर र सुर हराएको थियो । उनले करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका छन् ।

आचार्यको पार्थिव शरीर आज अस्पतालमै राखिने र मंगलबार श्रद्धाञ्जली कार्यक्रम राखिने लम्सालले बताए । आचार्यका श्रीमती, दुई छोरा-बुहारी र दुई नाति छन् ।

भक्तराज आचार्यको अन्तर्वार्ता

प्रकाशित : फाल्गुन १४, २०८० १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?