कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६

महासमिति बैठकमा प्रदीप पौडेलको २८ बुँदे थप संकल्प प्रस्ताव

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्ण रूपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन महासमिति बैठकले निर्दिष्ट गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीभित्र प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउनुपर्ने र क्रियाशील सदस्यहरूले मतदान गरेर नेतृत्व चयन गर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

महासमिति बैठकमा प्रदीप पौडेलको २८ बुँदे थप संकल्प प्रस्ताव

ललितपुरको गोदावरीमा सोमबारदेखि जारी महासमितिको बैठकमा नेता पौडेलले २८ बुँदे संकल्प प्रस्ताव पेश गरेका छन् । ८ पेजको सो संकल्प प्रस्तावलाई उनले महासमिति हलमा सबै सदस्यहरुमाझ वितरण गरेका छन् । पार्टीको सदस्यतादेखि अन्य सबै प्रक्रिया र विवरणलाई अनलाइनमार्फत गर्ने व्यवस्था गर्नुपर्ने र पारदर्शी बनाउनुपर्ने पौडेलको प्रस्ताव छ ।

त्यस्तै, पार्टीभित्र सबै तहको नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने, भ्रातृ संस्थामा मनोनयन गर्न नपाइने, भ्रष्टाचारमा सार्वजनिक दोषरोपण गरिएका प्रकरणहरुमा निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर पार्टी आफैंले दबाबविहीन अनुसन्धान गर्ने व्यवस्था गर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यस्तै, पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यले एक महिनाभित्र आफ्नो सम्पत्ति र त्यसको श्रोतको स्वघोषणा गर्ने, छ महिनाभित्र देश विकासको पाँच, दस र पन्ध्र वर्षे भिजन पेपर तयार गर्नुपर्ने, भ्रष्टाचार, यौनजन्य हिंसा, सामाजिक विभेदलगायत फौजदारी मुद्दामा आरोपित या छानबिनमा भएको सदस्य पार्टीबाट स्वतः निलम्बित हुने व्यवस्था गर्ने, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म भएका वा कुनै पनि लाभको पदमा रहेका सदस्यको सार्वजनिक लेखा परीक्षण अनिवाय गर्न, समयमै महाधिवेशन गर्न, जनताले मतदान गर्ने कुनै पनि निर्वाचनमा अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न संकल्प गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले पार्टीका मुख्य पदमा सदस्यबाटै चुनिने गरी विधान परिवर्तन गर्न र पार्टीलाई पूर्ण रूपमा आमनागरिकमा आधारित मास बेस्ड पार्टीकारुपमा विकास गर्न समेत संकल्प गर्न प्रस्ताव गरेका छन् ।

बैठकमा पार्टीका उपसभापति पूणर्बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तावका रूपमा पेस गरेका दस्तावेजहरूमाथि आजदेखि छलफल हुँदैछ । चार वटा हलमा प्रदेशगत रूपमा समूह विभाजन गरी छलफलको प्रबन्ध गरिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?