१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२१

तीनकुनेमा युवा संघको विरोध प्रदर्शन

काठमाडौँ — एमालेको भातृ संगठन युवा संघको विरोध प्रदर्शन काठमाडौंको तीनकुनेमा सुरु भएको छ । गणतान्त्रिक व्यवस्था उल्ट्याउन लाग्नेविरुद्ध सरकारले कदम नचालेको र प्रमुख प्रतिपक्ष एमालेविरुद्ध विभिन्न ठाउँबाट प्रहार भइरहेको भन्दै युवा संघले विरोध गरिरहेको हो ।

तीनकुनेमा युवा संघको विरोध प्रदर्शन

युवा संघले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पनि विरोध गरिरहेको छ । बैंकबाट लिएको ऋण नतिर्ने भन्दै बैंकहरूविरुद्ध विवादित अभिव्यक्ति दिँदै आएका प्रसाईंले पछिल्लो समय गणतान्त्रिक व्यवस्थाविरुद्ध नै अभिव्यक्ति दिँदै आएका थिए । त्यसको पनि युवा संघले विरोध गर्न लागेको एमाले नेता महेश बस्नेतले बताएका छन् ।

बस्नेतको नेतृत्वमा नै युवा संघले विरोध प्रदर्शन गरिरहेको छ । युवा संघको प्रदर्शनमा एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।


प्रकाशित : मंसिर ७, २०८० १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?