कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०१

गृहमन्त्रीलाई ओलीको प्रश्न : सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ?

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी, सुशासनलगायतका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाएका हुन् । 

गृहमन्त्रीलाई ओलीको प्रश्न : सुन तस्करीको स्वतन्त्र, निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले हेटौंडामा दिएको अभिव्यक्तिलाई लिएर पनि आलोचना गरेका हुन् । 'साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ,' उनले भने, 'छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?'

सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ थियो । सरकारले सुशासनको अभियान चलाएको भन्न नहुने पनि बताए । 'सुशासन सरकारले निरन्तर कायम गर्ने हो कि अभियान हो ? सुशासन भनेको सरकारको नियमित कर्तव्य हो,' उनले भने, 'सुशासनको अभियान चलाएको त्यसलाई रोक्न विरोधी लाग्या छन् भनेर हेटौंडामा उधुम खोक्नुभयो ।'

सरकारले सुशासनको काम नियमित गर्नुपर्ने उनको भनाइ थियो । सरकारले सुरक्षा दिनुपर्ने र भ्रष्टाचार रोक्नुपर्ने बताए । उनले सरकारले जनतालाई सेवा दिनुपर्ने बताए ।

प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो ।

प्रकाशित : आश्विन १६, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?