२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसदको चासो

काठमाडौँ — अमेरिकी राज्य टेक्सासका सांसद सलमान भोजानीले नेपालको पर्यटन र संस्कृतिको विकास तथा प्रवर्द्धनमा चासो देखाएका छन् । काठमाडौंको होटल हिमालयमा आयोजित एक कार्यक्रममा भोजानीले आफ्नो राज्यमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने र विश्वस्तरमा रहेका नेपाली जनताको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धतासमेत जनाए ।

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी सांसदको चासो

अमेरिकाको टेक्सास राज्यका सांसद भोजानी त्यहाँस्थित नेपाली समुदायमा निकै लोकप्रिय छन् । नेपाल भ्रमणका क्रममा भोजानी सगरमाथा आधार शिविर तथा अन्य पर्यटकीय तथा धार्मिक क्षेत्रमा पुग्ने जनाइएको छ ।

मिसन इन्टरटेनमेन्ट र नेपाल सेन्टर इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा कार्यक्रममा डा.भोला रिजाल, सुरेश अधिकारी, निर्मल कुमार थापा, दिपक राई, दीपक समीर आचार्य, जनक नेपालगायतको सहभागीता थियो ।

कार्यक्रममा सहभागीले भोजानीलाई नेपालको सुन्दर अनुभव लिएर अमेरिकी जनतामाझ बाँड्न आग्रह गरेका थिए ।

डा. रिजालले भोजानीलाई टेक्सासस्थित नेपाली समुदायसँग मिलेर काम गर्न सके दुवै देशको सम्बन्ध थप सुदृढ पार्न सहयोग पुग्ने सुझाव दिए । त्यस्तै, म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले अमेरिकामा नेपाली संगीतको प्रवर्द्धनका लागि मिलेर काम गर्न भोजानीलाई आग्रह गरे ।

कार्यक्रममा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नेपाली पर्यटनसम्बन्धि नयाँ बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔं’ सार्वजनिक गरिएको थियो ।

रोजर नेपाल (अमेरिका) र बीपी वाग्ले (नेपाल) को संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाल सेन्टर इन्टरनेशनलका अध्यक्ष निर्मलकुमार थापाले नेपाल र अमेरिकाबीचको सम्बन्धबारे चर्चा गरेका थिए ।

प्रकाशित : आश्विन ६, २०८० २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?