एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट

काठमाडौँ — नेपाल भ्रमणमा रहेका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् ।

एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै सहायक विदेशमन्त्री लुले परियोजना कार्यान्वयनमा जान लागेको जानकारी गराएका थिए ।

'लु शिष्टाचार भेटका लागि आउनु भएको थियो । उहाँले एमसीसी परियोजना कार्यान्वयनमा जान लागेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो,' एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने, 'हाम्रो तर्फबाट पनि धन्यवाद व्यक्त गरियो ।'

भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए ।

यसअघि नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लुले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरेका थिए । लु एक दिने भ्रमणमा नेपाल आएका हुन् ।

प्रकाशित : असार २९, २०८० १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?