कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

उपप्राध्यापक चलाउने रिहा

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा आमरण अनशनमा बसेका चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उपप्राध्यापक चलाउने रिहा

चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि उनी आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत परिसरमा गएका थिए ।

उपप्रधाध्यापक चलाउनेलाई प्रहरीले गणेश थापाको रोहबरमा छाडेको हो । उनले सोमबार साँझ पौने ५ बजेदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि आमरण अनशनमा बस्ने बताएका छन् ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । यो मुद्दा सरकारले फिर्ता लिएको छ ।

प्रकाशित : असार ४, २०८० १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?