कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

मन्त्री मोदीले भने- कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैन !

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कुनबेला कसको पद जाने भन्ने टुंगो नभएको बताएका छन् । आफूलाई मन्त्रीबाट फिर्ता बोलाउनेबारे कुनै जानकारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालबाट नभएको पनि मोदीको भनाइ थियो । 

मन्त्री मोदीले भने- कतिखेर कसको पद जान्छ‚ टुंगो हुँदैन !

मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री मोदीले सञ्चार माध्यममा आएजस्तो आफूलाई फिर्ता बोलाउनेबारे आफूलाई कुनै जानकारी नभएको बताएका हुन् । पार्टीबाट मन्त्रिपरिषद्‌मा थारू समुदायको आफू एक्लै रहेको र खराब काम पनि नगरेको भन्दै प्रधानमन्त्रीले आफूलाई फिर्ता नबोलाउनेमा विश्वास रहेकको भनाइ थियो ।

‘मान्छेको जीवन त सधैँ रहँदैन । यो पद, प्रतिष्ठा भनेको आवधिक हो । कुन बेला, कतिखेर कसको पद जान्छ टुंगो हुँदैन । तर, अहिले मेरै पदको कुरामा भन्नुभयो भने मन्त्री पदमा, त्यस्तो लाग्दैन,' उनले भने, 'प्रधानमन्त्रीले बुझ्नुभएको छ मेचीदेखि महाकालीसम्म म थारू समुदायको मान्छे, जातीय रुपमा । क्याबिनेटमा एउटा थारु छु म । त्यसमा पनि म त्यति साह्रै खराब काम गर्ने मान्छे पनि होइन । उहाँको कुरा मलाई थाहा छैन । तर मलाई अहिलेसम्म जानकारी त्यस्तो छैन ।’

आफू मन्त्री भएर आएसँगै मन्त्रालय र कर्मचारी प्रशासनभित्र सुधारका कामहरू गरेको मोदीको भनाइ थियो ।

प्रकाशित : जेष्ठ २५, २०८० १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?