सरकारले अटिजम रोगको निदान तथा उपचारको व्यवस्था गर्ने


काठमाडौँ — सरकारले अटिजम रोगको निदान तथा रोगको उपचारको व्यवस्था गर्ने बताएको छ ।


शुक्रबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलामा देखिने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको शीघ्र पहिचानका लागि व्यस्वस्थापन गरिने बताएका हुन् । यो कार्यक्रम सरकारको अघिल्लो नीति तथा कार्यक्रममा पनि थियो ।
त्यसैगरी संघीय अस्पतालहरूमा निःसन्तान उपचार सेवा केन्द्र विस्तार गर्ने र सबै पालिकाको सुत्केरी केन्द्रको स्तरोन्नति गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित : जेष्ठ ५, २०८० १७:५३