एक घण्टाको पैदल दूरीमा एउटा झोलुंगे पुल


काठमाडौँ — आगामी तीन वर्षभित्र बढीमा एक घण्टाको पैदल दूरीमा एउटा झोलुंगे पुल निर्माण गरिने भएको छ । आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।


त्यस्तै राष्ट्रिय राजमार्गमा पर्ने ठूला नदीहरुमा आवश्यकता अनुसार सिग्नेचर पुल निर्माण गरिने बताइएको छ ।
सडक र पुलको सँसगसँगै निर्माण सम्पन्न हुने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रिय राजमार्गहरुमा सुरुङ, फ्लाइ ओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने पनि बताइएको छ ।
प्रकाशित : जेष्ठ ५, २०८० १७:४६