२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

सरकारले पूर्वतयारी भएका आयोजनालाई मात्र बजेट छुट्याउने

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने  भएको छ । तयारीबिनै ठेक्का गर्दा आयोजना निर्माणमा ढिलाइ हुन थालेपछि सरकारले पूर्वतयारी पूरा भएको आयोजनालाई मात्र नीति तथा कार्यक्रममार्फत बजेट दिने निर्णय गरेको हो । 

सरकारले पूर्वतयारी भएका आयोजनालाई मात्र बजेट छुट्याउने

शुक्रबार आर्थिक वर्ष ०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइने बताए ।

‘आयोजना वर्गीकरण निर्देशिक बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिने छ,’ पौडेलले भने, ‘मध्यमकालीन खर्च संरचना र परियोजना बैंकलाई तीनै तहमा संस्थागत गरिने छ ।’

विकास आयोजनाहरूको अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाइने पौडेलले बातए ।

प्रकाशित : जेष्ठ ५, २०८० १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?