१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

भुटानी शरणार्थी प्रकरण अनुसन्धानलाई सहयोग गरौं : एमाले उपमहासचिव रिमाल

टीकाप्रसाद भट्ट

रामेछाप — नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । ‘हाम्रो पार्टी भुटानी शरणार्थीको छानबिनमा प्रहरी प्रशासनलाई कसैको दबाब नपरोस् भन्ने चाहन्छ,’ रिमालले  भने,  ‘प्रहरीले निष्पक्ष छानबिन गर्दा जो दोषी देखिएपछि त्यसले कानुनबमोजिम कारबाही भोग्नुपर्ने पर्छ भन्ने कुरामा स्पष्ट छ ।’ 

भुटानी शरणार्थी प्रकरण अनुसन्धानलाई सहयोग गरौं : एमाले उपमहासचिव रिमाल

शरणार्थी प्रकरणमा केही नेताहरु अलि बढी हिरोईजम हुन खोजेको आरोप लगाउँदै रिमालले भने– 'त्यो व्यर्थको कुरा हो ।' केही दिनदेखि बाक्लिएको तीन शीर्ष नेताको भेटघाटमा भुटानी शरणार्थीको कुराको कुनै साईनो नभएको उनले दाबी गरे । ‘संसदीय छलफल भएका हुन्, शरणार्थी प्रकरणमा कुनै कुरा भएका छैनन् तर प्रधानमन्त्री स्वयंले उहाँहरुको भेटघाटपछि बाहिर आएर पत्रकारहरुका सामु दोषीलाई छोडिदैन भनेर हिरोईजम देखाउनुभयो, जुन कुरा उहाँ आफैले नगरेको भएहुन्थ्यो,’ रिमालले भने, 'प्रधानमन्त्रीले एक प्रकारको मिस इन्भरमेसन दिनुभयो ।'

नेकपा एमाले रामेछापले निर्माण गर्ने मदन आश्रित स्मृति भवन शीलान्यास गर्न बुधबार मन्थली आएका रिमालले प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकाट भेटमा नेपालमा नक्कली संचारमाध्यम र तिनले प्रकाशन गर्ने जथाभावी सूचनाले मुलुक अस्थिरतातिर धकेलिएको आरोप लगाए । 'गलत सूचनाले लोकतन्त्र, हाम्रो आन्दोलनले ल्याएको उपलब्धि धरापमा पार्ने काम भएको छ,' रिमालले भने, 'त्यसैले बेलामा नै सचेत हुनुपर्छ । सत्ताले आफ्नाविरुद्ध समाचार दिने अनलाइनलाई बन्द गराउँदै आए पनि विपक्षीको समाचार दिनेलाई प्रश्रय दिएको उनको आरोप थियो ।

प्रकाशित : जेष्ठ ३, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?