१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे सुझाव

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममा संलग्न गर्नुपर्ने विषयमा सत्ता साझेदार दलहरुसँग सुझाव माग गरेका छन् । सिंहदरबारमा मंगलबार भएको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री दाहालले शुक्रबार प्रस्तुत गरिने नीति तथा कार्यक्रमका लागि लिखित सुझाव माग गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे सुझाव

'प्रधानमन्त्रीले सुझावका लागि आजको बैठक बोलाउनु भएको हो,' प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, 'महत्त्वपूर्ण सुझावहरु लिखित रुपमै दिनका लागि आग्रह गर्नु भएको छ ।'

बैठकमा नेताहरुले कृषि तथा पर्यटनमा रोजगारी सिर्जना गर्ने नीति ल्याउन सुझाव दिएका थिए । त्यसैगरी विदेशिएका युवा तथा विद्यार्थीलाई स्वदेशमै रोक्न र जनशक्ति पलायन रोक्नका लागि आवश्यक कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राजमोका अध्यक्ष चित्रबहादुर केसी, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसहितका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित : जेष्ठ २, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?