तनहुँ-१ : अग्रता बढाउँदै रास्वपाका स्वर्णिम वाग्ले
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ७ हजार ५ सय मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि रहेका छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![तनहुँ-१ : अग्रता बढाउँदै रास्वपाका स्वर्णिम वाग्ले](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/politics/latest-2442023014240-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
वाग्लेले ४३०३ मत ल्याउँदा भट्टराईले १९३३ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत प्राप्त गरेका छन् । अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।
तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।
२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा करिब ५२ प्रतिशत मत खसेको छ ।विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ-१ को उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
बारा-२ र चितवन-२ मा भने सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ ।
प्रकाशित : वैशाख ११, २०८० ०५:२८