कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.८६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तनहुँ-१ : ५ हजार मत गन्दा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ५ हजार मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर मतले अगाडि रहेका छन् ।

तनहुँ-१ : ५ हजार मत गन्दा रास्वपाका वाग्ले दोब्बर मतले अगाडि

वाग्लेले २७६७ मत ल्याउँदा भट्टराईले १२८५ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८२० मत प्राप्त गरेका छन् । सुरुमा भानु नगरपालिका वडा नम्बर १० र आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ को मतगणना सकिएको छ । अहिले आँबुखैरेनी-२ को मतगणना भइरहेको छ ।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन् ।

२ दिनभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ ।प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा करिब ५२ प्रतिशत मत खसेको छ ।

विभिन्न ९ राजनीतिक दलले उम्मेदवार चुनावी मैदानमा रहे पनि तनहुँ-१ को उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । बारा-२ र चितवन-२ मा भने सोमबार बिहानदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

प्रकाशित : वैशाख ११, २०८० ०४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x