२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

सामुदायिक रेडियोले श्रमप्रति सम्मान र कामप्रति गर्व हुने सामग्री प्रसारण गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले श्रमप्रति सम्मान र कामप्रति गर्व महसुस हुने खालका सामग्री प्रसारण गर्नुपर्ने बताएका छन् । 

सामुदायिक रेडियोले श्रमप्रति सम्मान र कामप्रति गर्व हुने सामग्री प्रसारण गर्नुपर्छ : राष्ट्रपति

सामुदायिक रेडियो प्रसारक स‌ंघ (अकोराब) को कार्यसमितिसँग शनिबार शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगका समुदायसम्म पनि सहज रूपमा पुगेको र समुदायसँग घुलमिल भएकाले सामुदायिक रेडियोले 'श्रम संस्कृति'लाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नुपर्ने सुझाव दिएका हुन् ।

श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको भन्दै उनले यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा दिने सामुदायिक रेडियोको दायित्व भएको बताए ।

भेटघाट कार्यक्रममा स‌ंघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै रेडियो सेट उपहार दिएका थिए ।

प्रकाशित : चैत्र ११, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?