कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले त्यागे कांग्रेसको सदस्यता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सदस्यबाट राजीनामा दिएका छन् । उनले आइतबार केन्द्रीय कार्यालयमा पत्राचार गर्दै पार्टीको सदस्यबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति निर्वाचित भएपछि पौडेलले त्यागे कांग्रेसको सदस्यता

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले आइतबार राजीनामा बुझाएको जानकारी दिए । कांग्रेसको तनहुँ उपसभापतिदेखि केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापतिसम्म बनेका पौडेल पार्टीका वरिष्ठ नेता हुन् ।

उनी २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्दैछन् ।

पौडेल गत निर्वाचनमा तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी राष्ट्रपति निर्वाचित भएपछि तनहुँ-१ समेत उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?