कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन गठबन्धन : उपाध्यक्ष महरा

देवनारायण साह

विराटनगर — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधान र गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न अहिलेको गठबन्धन पुनर्जीवित भएको बताएका छन् ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन गठबन्धन : उपाध्यक्ष महरा

राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन ८ दलीय गठबन्धनद्वारा कोसी प्रदेशका सांसदका लागि विराटनगरमा शुक्रबार आयोजित अभिमुखीकरण गोष्ठीमा उनले यस्तो बताएका हुन् ।

‘संविधान र गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको काम पूरा गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गठबन्धनले राष्ट्रपतिको उम्मेदवार बनाएको छ,’ उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न कांग्रेस र माओवादी एक ठाउँ आउनैपर्ने र गणतन्त्र, धर्मनिरपेक्षता र संविधान उल्ट्याउन आवाज उठिरहेकाले अहिले गठबन्धन आवश्यक भएको हो ।’

गठबन्धनले देशबासीलाई सुशासनको प्रत्याभूति गराएर भौतिक र आर्थिक विकासको कार्यलाई द्रुत गतिमा अघि बढाउने महराले बताए ।

प्रकाशित : फाल्गुन १९, २०७९ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?