कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमुना मतपत्र बिहीबार सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । 

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

संघीय सांसद ३३१ ले प्रयोग गर्ने प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।

राष्ट्रपति चयनका लागि हुने यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पार्टीको समर्थन रहेको छ ।

प्रकाशित : फाल्गुन १८, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?