कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युरोपेली आयुक्त उर्पिलाइनेनले भेटिन् प्रधानमन्त्री दाहाललाई  

काठमाडौँ — अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयू) आयुक्त जुटा उर्पिलाइनेनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । उक्त अवसरमा नेपालको १५औं विकास योजनालाई सहयोग गर्ने, अल्पविकसितबाट स्तरोन्नतिको प्रक्रियामा र दिगो विसकाको लक्ष्यलाई समर्थन गर्ने विषयमा छलफल भएको थियो ।

युरोपेली आयुक्त उर्पिलाइनेनले भेटिन् प्रधानमन्त्री दाहाललाई  

त्यस अवसरमा इयूले आर्थिक विकास र पूर्वाधार विकासका लागि अघि बढाएको ग्लोबल गेटवे कार्यक्रमबारे पनि छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । साथै, दुई जना बीचमा नेपालमा लगानी, विकास र स्थायित्वको विषयमा पनि छलफल भएको उर्पिलाइनेनले ट्वीटरमा उल्लेख गरेकी छन् ।

प्रकाशित : माघ २५, २०७९ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?