कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश

काठमाडौँ — कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । शनिबार बुटवलमा आयोजित विशेष कार्यक्रममा गौतम पार्टी प्रवेश गरेकी हुन् । पार्टी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले गौतमलाई पार्टीलाई प्रवेश गराएकी हुन् । 

कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश

पार्टी प्रवेश गर्दै नागरिक उन्मुक्ति पार्टीले सामाजिक लोकतन्त्र र थारु अधिकार विचारधारा बोकेको गौतमले बताइन् ।

सम्बोधनका क्रममा उनले स्थापनाको छोटो समयमा नै जनताको मन जितेको पनि बताइन् । देशका पुराना दलबाट पनि पार्टी प्रवेशका लागि प्रस्ताव आए पनि उन्मुक्तिको उद्देश्यबाट प्रभावित भएकाले उक्त दल रोजेको उनले बताइन् ।

उनले पार्टीलाई अरु दलभन्दा फरक रूपमा उभ्याउने प्रतिबद्धता जनाइन् । गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन् ।

प्रकाशित : माघ १४, २०७९ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?