प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजे बस्ने- समाचार - कान्तिपुर समाचार

प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजे बस्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाको अर्को बैठक माघ १८ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबारको बैठकले २१ सदस्यीय प्रतिनिधिसिभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।

बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई दल र स्वतन्त्र सांसदहरूले बधाई ज्ञापन गरेका छन् । बधाई ज्ञापनपछि सभामुख देवराज घिमिरेलाई बधाई दिनेहरूलाई धन्यवाद भन्दै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक माघ १८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरे ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलको प्रस्तावमा गठन भएको नियमावली मस्यौदा समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सीता गुरुङ, सुवाषचन्द्र नेम्वाङ, सोबिता गौतम, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।

प्रकाशित : माघ १०, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्

बानेश्वरमा एक युवकद्वारा आत्मदाह प्रयास

आफ्नै शरीरमा आगो लगाएपछि ती पुरुष घाइते भएका छन् । कीर्तिपुरको बर्न हस्पिटलमा उनको उपचार भइरहेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

यद्यपि घटनाको कारणबारे केही खुलेको छैन । यसबारे अनुसन्धान गरिने मैनालीले जनाए ।

प्रकाशित : माघ १०, २०७९ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×