२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रतिनिधिसभा विघटन सही वा गलत भन्ने गठबन्धनको एजेन्डा होइन : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटन सही वा गलत के थियो भन्ने विषयमा गठबन्धनको एजेन्डा नभएको बताएका छन् । संसद्मा‌ उठेको प्रश्नको जवाफ दिनेक्रममा उनले उक्त एजेन्डा नभएको बताएका हुन् । 

प्रतिनिधिसभा विघटन सही वा गलत भन्ने गठबन्धनको एजेन्डा होइन : प्रधानमन्त्री दाहाल

'२०७२ को संविधान अहिले रहेका निकै ठूलो जटिलताबीच बनाइएको दल हो । यो संविधान कार्यान्वयन गर्ने विषयमा हाम्रो प्रतिबद्धता निकै छ । अहिलेको सत्ता साझेदारबीच संविधान, संघीयता कार्यान्वयन गर्ने र शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र विकास निर्माण र सुशासन दिने विषयमा सहमति छ,' उनले भने, 'प्रतिनिधिसभा विघटनको सही थियो वा थिएन भन्ने विषयमा अहिले गठबन्धनको एजेन्डा होइन, यो हामी सबैलाई थाहा भएकै कुरा हो ।'

विश्वासको मतका लागि भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतको उदाहरण दिँदै आफू प्रधानमन्त्री हुँदा गरेको दुई पटकको प्रतिनिधिसभा विघटनको बचाउ गरेका थिए । ओलीपछि बोल्न आएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले ओलीको धारणा गठबन्धनको धारणा हो भनेर प्रश्न गरेका थिए ।

उनले अहिले पनि गठबन्धनमा कतिपय विषयमा दलहरुबीच मतभिन्नता रहेको र सत्ता गठबन्धन बाहिर रहेका दलहरुबीच विषयवस्तुमा सहमति रहेको बताए ।

'हामी सत्ता साझेदार दलहरुमा कैयौं विषयमा मत भिन्नताहरु थिए । आज पनि छ्न । सत्ता साझेदार बाहेकका दलहरुसँग कतिपय विषयमा हिजो सहमति थियो र अहिले पनि छ । यहाँ संविधानको विषयमा जसरी कुरा उठ्यो, हामी सबैलाई थाहा भएको कुरा हो,' दाहालले भने 'यो राष्ट्रको मूल कानुन हो । संविधानसभाबाट बनेको यो संविधानबारे हामीले विगतमा गल्ती कमजोरी समीक्षा गरेकै हो ।'

उनले सरकारको साझा न्यूनमत कार्यक्रम नै गठबन्धन दलबीचको एकताको आधार भएको बताए । 'अहिले सत्ता साझेदारहरु निश्चित न्यूनतम कार्यक्रममा आबद्ध छौं, हाम्रो एकताको आधारमा हामीले निर्धारण गरेको नीति र साझा कार्यक्रम नै हो,' प्रधानमन्त्री दाहालले भने, 'अहिलेको चुनावमा जनताको अभिमत जसरी व्यक्त भएको छ त्यसैअनुसार सरकार गठनका प्रयास गरिएको छ । विचार, धारणाको आधारमा फरक-फरक प्रकारको दलहरु अहिलेको संसद्‌मा रहेको छ ।'

प्रकाशित : पुस २६, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?