कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

नेपालको प्रश्न : संसद्‍ विघटनबारे ओलीको भनाइमा गठबन्धनको धारणा के हो ?

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्‍ विघटन गर्न पाइने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइमा गठबन्धनको धारणा माग गरेका छन् । एमाले अध्यक्ष ओलीले संसद्‍ विघटन गर्ने आफ्नो कदमको बचाउ गरेपछि अध्यक्ष नेपालले यो गठबन्धनको धारणा माग गरेका हुन् ।

नेपालको प्रश्न : संसद्‍ विघटनबारे ओलीको भनाइमा गठबन्धनको धारणा के हो ?

'यही रोष्टममा मैले सुनेँ संसद विघटन गर्न पाइन्छ । यो धारणा गठबन्धन दलको हो ? यो मान्यता गठबन्धन दलको हो भने खतरनाक संकेत हो,' उनले भने, 'पहिले प्रतिनिधिसभालाई बीचैमा विघटन गरियो ।'

नेपालमा रहेको व्यवस्था ब्रिटेन र भारत मात्रै नभएर यसअघिको नेपालमा भएको जस्तो व्यवस्था अहिले नभएको भन्दै अध्यक्ष नेपालले भने 'के यो पुरानो नेपाल हो ? यो २०५१ सालको गिरिजाप्रसाद कोइरालाको समय हो ? यो २०५८ सालको शेरबहादुर देउवाको समयको सरकार हो ? होइन ख्याल रहोस् उहिले राणाकालमा संविधान पहिलो पटक बन्यो, २००५ सालमा ।'

उनले संविधान निर्माणको क्रममा विगतको अनुभवको आधारमा संवैधानिक व्यवहारहरुमा धेरै प्रणालीहरुमा सुधारका काम गरिएको पनि बताए । साथै विगतका त्रुटीहरु नहोदोर्‍याउन प्रतिबद्धता व्यक्त गरेको पनि उनले स्मरण गराएका थिए ।

नेपालले प्रधानमन्त्री दाहाललाई संसद विघटनतर्फ नलाग्न पनि चेतावनी दिएका छन् । 'हेक्का रहोस, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । संसद विघटन गरेर प्रतिगमनको कदम चालिएको थियो, कहिल्यै नचालियोस्,' नेपालले भने ।

एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै नेपालले भने, 'मैले ठानेको थिएँ, यो गठबन्धनले शिक्षा लिएको होला, महशुस गरिएको होला आत्मालोचना गरिसकेको होला भनेको त गर्जिएको देख्दा अचम्म पनि लाग्यो । त्यही पनि स्वर ठूलो ?'

यसअघि बोल्दै एमाले अध्यक्ष ओलीले विगतमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाले पनि संसद विघटन गरेको प्रसंग उल्लेख गर्दै आफ्नो कदमको बचाउ गरेका थिए ।

उनले प्रधानमन्त्री दाहाललाई व्यङ्ग गर्दै संविधान विघटन गर्न सुझाव पनि दिए । माधव नेपालले भने उनको भनाइको खण्डन गरेका हुन् । 'हिजै जवाफ दिने पक्षमा थिएँ, किन जवाफ दिने पहिलो दिनमा भनेको अब यो विषय टुङ्गिएको होला भनेको त, हिजो राति गम्भीर बैठक भयो होला समीक्षा भएको होला र सुधार पनि भएको होला भनेको त प्रधानमन्त्रीको पद जोगाउनै पर्‍यो। अहिले किन बोल्नु र बहस गर्नु ? अहिले यो पर्‍यो होला अहिले त्यस्तो देखिँदैन । त्यस्तो गोलचक्करमा नपर्नु होला ।' नेपालले भने 'प्रधानमन्त्रीज्युलाई सुझाव छ । प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार यो संविधानले दिएको छैन । विघटनको बारेमा सर्वोच्च अदालतले त्यस सम्बन्धी व्याख्या गरिएको छैन ।'

प्रकाशित : पुस २६, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?