कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५९

दसौं लाख मानिस अझै राज्यविहीन अवस्थामा छन् : सांसद शुक्ला

'विभिन्न समयमा बनेका सरकारसँग सहमति र समझदारी गरियो तर नागरिकताको विषयले पूर्णता पाएन । सहमतिको कुरा पनि अन्तिम समयमा पुगेर ब्रेक लाग्यो'

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्लाले देशमा अझै १०औं लाख मानिसहरू राज्यविहीन अवस्थामा रहेको बताएका छन् । पटक पटक बनेका सरकारले आफूहरूसँग सहमति र सम्झौता गरे पनि त्यसले पूर्णता पाउन नसकेको बताए ।

दसौं लाख मानिस अझै राज्यविहीन अवस्थामा छन् : सांसद शुक्ला

नागरिकता विधेयक अगाडि बढ्न नसकेकोमा पनि उनले आपत्ति जनाएका थिए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै शुक्लाले यस्तो बताएका हुन् । यससँगै लोसपाले पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

सांसद शुक्लाले जनताहरूले सरकारसँग धेरै अपेक्षा गरिरहेको तर दलहरू संसदीय खेलमा अलमलिन नहुने भन्दै सुझाव दिएका थिए । सत्ता पक्षले विभिन्न विचारलाई समेटेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

'सरकारले हुन्छ हुन्छ भन्दै टार्दै आएको छ । नागरिकताको समाधानको कुरा अध्यादेश मार्फत् आयो तर पूरा भएन । विभिन्न समयमा बनेका सरकारसँग सहमति र समझदारी गरियो तर नागरिकताको विषयले पूर्णता पाएन । सहमतिको कुरा पनि अन्तिम समयमा पुगेर ब्रेक लाग्यो,' सांसद शुक्लाले भने ।

तर प्रधानमन्त्री दाहालले ६ महिनाभित्र नागरिकताको विषय समाधान गर्ने संकेत गरेको भन्दै त्यसप्रति आफूले विश्वास गर्ने उनको भनाइ थियो ।

प्रकाशित : पुस २६, २०७९ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?