कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिखित सम्झौताको नाममा जालझेलमा पर्दैनौं : महतो

अमन कोइराला

सर्लाही — सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन नभई निर्वाचन असंभव रहेको बताएका छन् ।

लिखित सम्झौताको नाममा जालझेलमा पर्दैनौं : महतो

गृह जिल्ला भ्रमणमा आएका महतोले शनिबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा जबर्जस्ती गरे मुलुक द्वन्द्वमा जाने चेतावनी दिए ।
जनता अधिकारको आन्दोनमा होमिएका बेला जबर्जस्ती नगर्न उनले तीन ठूला दललाई आग्रह गरे । ‘त्रुटिपूर्ण संविधान बनाउने मुख्य तीन दलले नै त्रुटि सच्याउनु पर्छ,’ उनले भने, ‘मनसाय ठीक छ भने केही दिनमै संविधान संशोधन गरेर तोकिएकै मितिमा निर्वाचन हुन सक्छ ।’

उनले वर्तमान सरकारले काम गर्छ कि भनेर समर्थन दिए पनि धोका पाएको उल्लेख गरे । जनतालाई अधिकार दिलाउन आफूहरु जुटेको उनले बताए । ‘लोभीलाई लोभ देखाउने र नमान्नेलाई दवाव दिइएको छ,’ उनले भने, ‘तर, अब हामी लिखित सम्झौताको नाममा जालझेलमा पर्दैनौं । अब काम नै हुनुपर्छ ।’

उनले मधेसलाई छाडेर जबर्जस्ती हुने निर्वाचनले अन्तर्राष्ट्रिय मान्यता पनि नपाउने जिकिर गरे । नयाँ सम्झौता हुने भन्ने हल्ला निराधार रहेको उनले स्पष्ट पारे ।

प्रकाशित : चैत्र १२, २०७३ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?