४१ करोडभन्दा बढीको बेटिङ कारोबारमा संलग्न भएको आरोपमा ६ जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — विभिन्न ३५ जनाको नाममा खोलिएको डिजिटल वालेटमा कूल ४१ करोड १५ लाख ८९ हजार २७६ रुपैयाँ बराबरको बेटिङ कारोबार गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दिलीप सिंह कठायत‚ भुपालराज न्यौपाने‚ नयनराज भण्डारी‚ वरुणकुमार सिंह‚ वासुदेव पाण्डे र शिवानी तामाङ रहेका छन् ।

पक्राउ गरेसँगै उनीहरूले कारोबार गर्दै आएको बैंक खाताहरू रोक्का राखी थप अनुसन्धान कार्य भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

अनुसन्धानका क्रममा विभिन्न १५ जना व्यक्तिको ३४ वटा बैंक खातामार्फत जम्मा १२ करोड २५ लाख ३५ हजार ९११ बराबरको रकममा बेटिङ कारोबार गरेको देखिएकोमा सो बैंक खाताहरूसमेत रोक्का राखी थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए ।

प्राप्त भएका विवरणअनुसार पक्राउ परेका व्यक्तिहरूबाट हालसम्म कूल ९ करोड ८ लाख १३ हजार १०८ बराबरको रकम बेटिङमार्फत कारोबार भएको देखिएको उनले जानकारी दिए ।


प्रकाशित : चैत्र ८, २०७९ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्

मध्यवर्तीमा बनेका घरटहरा चितवन राष्ट्रिय निकुञ्जले हटायो

रमेशकुमार पौडेल

चितवन — गत पुस महिनाको सुरुवातसँगै चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने मकवानपुर जिल्लाको मनहरी गाउँपालिका-६ लोथरखोला आसपासमा बनेका घरटहरा निकुञ्ज प्रशासन र नेपाली सेनाले हटाएको छ ।

पुस ४ गतेदेखि मध्यवर्ती क्षेत्रको जमिन अतिक्रमण गरेर बनेका ९ वटा घरटहरा मंगलबार हटाएको चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र घर नबनाउन यसअघि पटक-पटक अनुरोध गरेको तिवारीले बताए । अनुरोध नमानेका कारण निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षाका लागि तैनाथ खड्गदल गण र सिद्धिबकस गणका सेनाहरूको सहयोगमा चैत्र ७ गते अतिक्रमित क्षेत्रका घर टहराहरू हटाएको तिवारीको भनाइ छ ।

प्रकाशित : चैत्र ८, २०७९ १४:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×