नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए- उपत्यका - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली लाइसेन्स बनाउने र बैंकिङ कसुरका फरार व्यक्ति समातिए

कान्तिपुर संवाददाता

काठमाडौँ — सवारीसाधनको नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएर प्रयोग गर्ने र बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरिएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नक्कली सवारी चालक अनुमतिपत्र बनाएर प्रयोग गर्ने पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भई काठमाडौँ बस्ने २४ वर्षका पारस शाहलाई पक्राउ गरेको हो । 

केही व्यक्तिले लिखत कीर्ते गरी विभिन्न वर्गका नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गर्दै आइरहेको छ भन्ने सूचनाका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा शाह पक्राउ परका हुन् । शंका लागेर उनको शरीर खानतलासी गर्दा ‘इ’ वर्गको लाइसेन्सलाई ए, बी र इ वर्गको नक्कली सवारी चालक अनुमतिपत्र बनाई प्रयोग गरेको फेला परेको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार शाहलाई लिखत कसुरमा अनुसन्धान तथा थप कारबाहीका लागि आज प्रहरी वृत्त गौशालामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै कार्यालयले आज बैंकिङ कसुर मुद्दाका फरार धादिङको गंगा जमुना गाउँपालिका–६ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६ बस्ने ५० वर्षीय पुरनबहादुर घलेलाई आज पक्राउ गरेको छ । उनी बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७९ पुस २४ गतेको फैसलाले ३६ लाख ८८ हजार रुपैयाँ पीडितलाई बिगो भराइ ३६ लाख ८८ हजार जरिवाना, एक लाख ४७ हजार रुपैयाँ क्षतिपूर्ति शुःल्क भराउनुका साथै आठ दिन कैद सजाय ठहर भई फरार रहेका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँले पक्राउ गरी फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

प्रकाशित : चैत्र १, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीमा स्ववियु निर्वाचन स्थगित

कान्तिपुर संवाददाता

म्याग्दी — आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको संघारमा यहाँका क्याम्पसहरुले धमाधम सूचना प्रकाशित गरी निर्वाचन स्थगित गरेको जनाएका छन् ।

जिल्लाको पुरानो म्याग्दी बहुमुखी क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बुधबार विज्ञप्ति प्रकाशित गरी क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचनमा दर्तावाला संघ संगठनका प्रतिनिधि बीचको बैठकमा तोकिएको समयमा निर्वाचन गराउन सहमति नजुटेकोले ‘अर्को सूचना प्रकाशित नहुँदासम्म’ स्ववियु निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएका छन् ।

‘क्याम्पस प्रशासनले निर्वाचन प्रभावित गर्न विद्यार्थी भर्ना समयावधि नदिएको र अधिकांश विद्यार्थी तोकिएको मितिमा भर्ना गर्न असम्भव भएको’ भन्दै निर्वाचन कार्यालयमा नेकपा चन्द समूहको अखिल क्रान्तिकारीले स्वविय निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो । तालाबन्दी गरिएकोमा नेविसंघले असहमति जनाएको छ । एमाले अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारी भने मौन बसेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका कार्यक्रम स्थगित भएलगत्तै सत्तारुढ प्रमुख दल कांग्रेस र माओवादीका विद्यार्थी संगठनहरु नेविसंघ र अखिल क्रान्तिकारीले मंगला गाउँपालिकाको बाबियाचौरस्थित मंगला शिक्षा क्याम्पस स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगला शिक्षा क्याम्पस स्ववियु निर्वाचनमा क्याम्पस प्रशासन र निर्वाचन कार्यालयले उम्मेदवारी दर्ता प्रक्रियादेखि अन्य सूचनाहरु लुकाएको र अनेरास्ववियुको पक्षपोषण गरेको आरोप लगाउँदै संयुक्त प्यानलका स्ववियु सभापति उम्मेदवार गौरव आचार्य (नेविसंघ) र सचिव पदका उम्मेदवार पश्मीता रोका (अखिल क्रान्तिकारी)ले विज्ञप्ति प्रकाशित गरी स्ववियु निर्वाचन बहिस्कार गर्ने र निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको जनाएका छन् । प्रत्यक्ष तथा समानुपातिक गरी १५ पदमध्ये ४ पदमा मात्र उम्मेदवारी परेको थियो ।

प्रकाशित : चैत्र १, २०७९ १९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×