१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

यामाहाको एफआई शृंखलामा १० वर्षे वारेन्टी

काठमाडौँ — यामाहा नेपालले कम्पनीले यामाहा एफजेड शृंखलामा दसवर्षे वारेन्टी दिएको छ । डेढ दशकको अवधिमा यामाहाको एफआई इन्जिन इनोभेसनले इन्जिनको कम प्रदर्शन, उच्च इन्धन खपत, स्टार्ट गर्न गाह्रो र अत्यधिक छिटो इन्जिन सुस्त हुनेजस्ता महत्त्वपूर्ण कमजोरीलाई समाधान गरेर अघि बढेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘

यामाहाको एफआई शृंखलामा १० वर्षे वारेन्टी

यी मुद्दाहरू पहिलेका मोटरसाइकल निर्माताहरूले सम्बोधन गरेका थिएनन्,’ कम्पनीले दाबी गरेको छ, ‘त्यो ‘एफआई इनोभेसन’ नेपाली बजारका लागि बिलकुलै नयाँ कुरा थियो ।’

यामाहाले एफआई कम्पोनेन्टहरू सबैका लागि पहुँचयोग्य बनाउने रणनीति बनाएर अघि बढिरहेको पनि कम्पनीले जनाएको छ । आधुनिक समयमा स्कुटरदेखि मोटरसाइकलसम्मका साधनमार्फत यामाहाले आफ्नो यात्रालाई जारी राखिरहेको कम्पनीको भनाइ छ । ‘यामाहाले प्रदर्शन क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझ बलियो बनाउँदै नेपालमा सबैभन्दा छिटो कुद्ने स्कुटर यामाहा एरोक्स १५५ सार्वजनिक गर्‍यो,’ विज्ञप्तिमा दाबी गरिएको छ, ‘सन् २०२३ मा यामाहाले नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर १२५ एफआई हाइब्रिड प्रस्तुत गर्‍यो । एफआईको कथा सन् २०२४ मा यामाहा एफजेड भी३ स्ट्यान्डर्डको परिचयसँगै अझै जारी छ ।’ यस कोटीमा सबैभन्दा राम्रो मूल्यसहित एफजेड शृंखलामा एक नयाँ पर्फर्मर थपिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख १०, २०८१ ०६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?