१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

बजारमा ६२० किमि रेन्ज दिने प्रिमियम ईभी एसयूझी

काठमाडौँ — स्काइवेलको आधिकारिक वित्रेता जी मोटर्सले प्रिमियम लक्जरी ईभी एसयूभी सार्वजनिक गरेको छ । भक्तपुरको राधेराधेमा रहेको जी मोटर्सको स्काइवेल सोरुमको उद्घाटनका अवसरमा ६२० किमि रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ प्राप्त रियल ईभी एसयूभी सार्वजनिक गरिएको हो ।

बजारमा ६२० किमि रेन्ज दिने प्रिमियम ईभी एसयूझी

यसको बजार मूल्य १ करोड ९ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

नेपालस्थित चिनियाँ दूतावासका इकोनोमिक एन्ड कमर्सियल कन्सुलर सीयू, स्काइवेल न्यु इनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जू र जी मोटर्सका अध्यक्ष दुर्गाप्रसाद गेलालले सोरुमको उद्घाटन गरी गाडी सार्वजनिक गरे । गाडी सार्वजनिक गर्दै १ वर्षको निःशुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा यो वैशाखमा रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए । विद्युतीय सवारीप्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?