२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई ग्लोबल आईएमईको कर्जा 

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेड र हब इन्टरनेसनल एजुकेसनबीच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई सहज रूपमा शैक्षिक कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई ग्लोबल आईएमईको कर्जा 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र हब इन्टरनेसनल एजुकेसनका संस्थापक तथा अध्यक्ष उद्धवबहादुर खड्काले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकले हब इन्टरनेसनल एजुकेसनले सिफारिस गरेका विद्यार्थीलाई भारतका विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक वित्तीय दायित्व बहन गर्न आवश्यक शैक्षिक कर्जा सहज रूपमा प्रवाह गर्नेछ ।

हब इन्टरनेसनल एजुकेसनमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि छिटो, सरल तथा सहज रूपमा यो कर्जा प्रवाह गरिनेछ ।

प्रकाशित : वैशाख ८, २०८१ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?