कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको 'एक्स्पर्ट लर्निङ सिरिज'

काठमाडौँ — अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा 'एक्स्पर्ट लर्निङ सिरिज' कार्यक्रम गरेको छ । कार्यक्रममा सेक्युरिटीपालको विजनेस डेभलपमेन्ट पार्टनरशीपका उपाध्यक्ष रुथ राफालोभिचले सेक्युरिटीपालले नेपालमा कसरी सेवा प्रवाह गर्दै आइरहेको छ भन्नेबारे एमच्याम सदस्यहरूलाई जानकारी दिएकी थिइन् । 

सेक्युरिटीपालमा एमच्याम सदस्यहरूको 'एक्स्पर्ट लर्निङ सिरिज'

अमेरिकाबाट सुरु भएको सेक्युरिटीपाल नेपाली मूलका अमेरिकी उद्यमी पुकारचन्द्र हमालले स्थापना गरेको साइबर सुरक्षा कम्पनी हो । अमेरिकाको सिलिकन भ्यालीको साइबर सुरक्षा कम्पनी 'सेक्युरिटीपाल' को कार्यालय नेपालमा २०७९ फागुनदेखि सञ्चालनमा रहेको छ ।

सेक्युरिटीपालले व्यापारको शिलशिलामा फरक दुई कम्पनी बीच सेवा आदानप्रदान हुँदा संवेदनशील डाटा कसरी सुरक्षित गर्ने भन्नेबारे सुरक्षा एवम् समीक्षा सुरक्षा जटिलताको सामना गर्न मद्दत गर्ने हमालले बताए । साथै सेक्युरिटीपालले विद्यालयहरूमा लगानी गर्ने र त्यहाँ अध्ययन गरेका विद्यार्थीलाई भविष्यमा सेक्युरिटीपालमै रोजगारी दिन सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपालका लागि अमेरिकी दूतावास प्रतिनिधि लाउरा सिमकिस र केट केटजर हड्सन समेत सहभागी भएका थिए । कार्यक्रममा अन्तर्क्रियाका लागि निम्त्याइएका अतिथि टिम दयाका संस्थापक जे सियर्सले अमेरिकाबाट नेपालको कञ्चनपुरमा विद्यालय स्थापना गर्न आउँदा सेक्युरिटीपालले गरेको सहयोग स्मरण गरे ।

कञ्चनपुरमा विद्यालय बनाउँदा विभिन्न कम्पनीका संस्थापक र कुटनीतिक नियोगका अधिकारीहरूलाई समेत भोलिन्टियरको रुपमा सहभागी भएको बताए । सो विद्यालय बनाउँदा एकदमै खुशी भएको सुनाए । उनले २१ वर्षको उमेरमा नेपालमा एक सेमेष्टर अध्ययन गर्न आउँदादेखि सोचेको सपना पूरा गर्न पाएको उल्लेख गरे ।

कार्यक्रममा एमच्याम नेपालका तर्फबाट आकाश गोल्छा, मनिश थापा, स्नेह राजभण्डारी, अमिर राज थापा लगायत ५० जना सहभागी थिए ।एमच्याम नेपालमा अमेरिकी लगानीका ५० भन्दा बढी व्यवसायिक सँस्था आवद्ध भइसकेका छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आवद्धता पाइसकेको छ । यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०८० १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?