कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डर्ट टेम्पलकाे डिटी९७७ एमएक्स च्याम्पियनसिप सुरु

काठमाडौँ — मोटोक्रस रेसट्रयाक डर्ट टेम्पलले डिटी९७७ एमएक्स च्याम्पियनसिप सिरिजको सुरुवात गरेको छ । गत जनवरीदेखि सुरु भएको यो च्याम्पियन सिरिज नेपालको पहिलो व्यावसायिक मोटोक्रस रेसिङ च्याम्पियनसिप हो । 

डर्ट टेम्पलकाे डिटी९७७ एमएक्स च्याम्पियनसिप सुरु

यो सिरिजले नेपाली मोटोस्पोर्टसलाई उचाईमा पुर्‍याउन र नेपाली रेसिङ प्रतिभाको नयाँ पुस्तालाई प्रवद्र्धन गर्ने प्रयास गरेको छ । हालसम्म सिरिजको तेस्रो रेस पुरा भएको डर्ट टेम्पलले जनाएको छ । चौथौँ रेस बिहीबार र शनिबार हुँदै छ । अन्तिम अर्थात पाँचौँ रेस आगामी वैशाख १३ र १५ मा धुलिखेलमा हुने छ । हालसम्मको रेसमा रिजन खड्की ६३ पोइन्टले अगाडी छन् भने खुलामा अनमोल सापकोटा ९४ पोइन्ट्‍स लिएर अग्रपंक्तिमा छन् ।

डीटी९७७एमएक्स च्याम्पियनसिप सिरिजले रेसरलाई उनीहरूको सीप, प्रतिभा, र धैर्यशीलतालाई चुनौती दिने दृश्य प्रस्तुत गरेको छ । अभ्यास सत्र, क्वालिफायर र फाइनल रेससहित आगामी वैशाखमा यो च्याम्पियनसिप पुरा हुने छ । ‘यो च्याम्पियनसिप नेपाली मोटोस्पोर्टसका लागि महत्वपूर्ण उपलब्धि हो,’ डर्ट टेम्पलका इजब बरुणले भने, ‘हामी स्थानीय रेसरहरूलाई उनीहरूको क्षमता देखाउने मञ्च उपलब्ध गराउने मात्र नभएर हाम्रो देशमा मोटोक्रसको विकास र अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने बाटो प्रशस्त रहेको देखाउन पनि पहल गरिहेका छौँ ।’

यस सिरिजमा दुई वर्ग रहेका छन् । खुला वर्गका लागि स्टक २५० सिसी मोटरसाइकलमा चढ्ने नयाँ रेसर छन् भने एलिट वर्गमा प्रोफेसनल रेसर छन् । २९ जना रेसरहरूमध्ये एलिटमा ९ जना र २० जना खुला वर्गमा छन् । उनीहरुले रेसपछि उपाधी र क्यास प्राइजहरु जित्नेछन् । एलिट वर्गको विजेताले भने क्रसफायर ट्र्याकर २५० मोटरसाइकल पाउनेछन् ।

प्रकाशित : चैत्र १४, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?