कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेल्सबेरीको ३० औं शाखा धुलिखेलमा 

काठमाडौँ — सेल्सबेरी डिपार्टमेन्ट स्टोरले आफ्नो ३० औं शाखा काभ्रेको धुलिखेलमा विस्तार गरेको छ । धुलिखेल चोकमा रहेको गोपिनी सदन नामक भवनमा सेल्सबेरीको शाखा खुलेको हो ।

सेल्सबेरीको ३० औं शाखा धुलिखेलमा 

नयाँ शाखा खोलेको उपलक्षमा सेल्सबेरीले धुलिखेल ओपनिङ अफर नामक क्याम्पेन पनि सार्वजनिक गरेको छ । यस क्याम्पेनअन्तर्गत विभिन्न खाद्यवस्तु तथा अन्य सामग्रीमा विशेष छुट दिइएको कम्पनीले जनाएको छ । यो अफर भने धुलिखेल शाखामा मात्रै रहेको छ । चैत ३० गतेसम्म लागू हुने अफरमा भरपुर फाइदा लिन सेल्सबेरीले आग्रह गरेको छ ।


प्रकाशित : चैत्र १९, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?