कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामसङले ल्यायो ग्यालेक्सी ए-५४ र ए-३४

काठमाडौँ — सामसङले फाभइजीमा नयाँ ग्यालेक्सी ए–३४ र ए–५४ बजारमा ल्याएको छ । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले यी फोन स्लिम डिजाइन र अत्याधुनिक प्रविधिमा रहेको बताए ।  ‘फोनमा नाइटोग्राफीको विशेषता छ, जसले कम प्रकाशको अवस्थामा पनि राम्रा फोटो र भिडियो खिच्न मद्दत गर्दछ’ उनले भने ‘गोरिल्ला ग्लास ५ को संरक्षणसहित ओएस अपग्रेडहरुको ४ पुस्ता र ५ वर्षे सुरक्षा अद्यावधिकका साथ फोन टिक्नेछ ।’

सामसङले ल्यायो ग्यालेक्सी ए-५४ र ए-३४

कम्पनीका अनुसार ग्यालेक्सी ए ५४ तीन रङ्ग कालो, हरियो र बैजनीमा उपलब्ध छ भने ग्यालेक्सी ए ३४ कालो, हरियो र सिल्भर रङ्गमा उपलब्ध छ । यी मोबाइल ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि क्षति नहुने तथा धुलो र बालुवा प्रतिरोधक पनि बनाइएको कम्पनीको दाबी छ । ग्यालेक्सी ए ५४ फोन ५० एमपी ओआईएस प्राइमरी लेन्ससहित १२ एमपीको अल्ट्रा वाइड लेन्सद्वारा सुसज्जित छ भने ए३४ मा ४८ एमपी ओआईएस प्राइमरी लेन्स र ८ एमपीको अल्ट्रा वाइड लेन्स छ ।

कम्पनीका अनुसार दुबै फोनमा ठूलो आवाज, गहन बेस संरक्षण र डल्बी निर्मित स्टेरियो स्पिकर राखिएका छन् । ५ हजार एमएएच ब्याट्री जडित ग्यालेक्सी ए ५४ र ए ३४ दुई दिनभन्दा बढीसम्म एक पटककै चार्जबाट चलायमान हुन सक्ने कम्पनीको दाबी छ । ग्यालेक्सी ए ५४ र ए ३४ दुई मेमोरी प्रकारमा उपलब्ध छ । जसमध्ये ग्यालेक्सी ए ५४ मा ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएकोलाई ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र २५६ जीबी आन्तरिक स्टोरेज क्षमता भएकोको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । ८ जीबी र्‍याम र १२८ जीबी आन्तरिक स्टोरेज भएको ए ३४ को मूल्य ४५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।


प्रकाशित : चैत्र १९, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?