२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

राकुटेन भाइबरले एआई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्दै 

कान्तिपुर संवाददाता

काठमाडौँ — राकुटेन भाइबरले ‘एआई च्याट एन्ड क्रिएट’को सुरुवात गरेको छ । जसले प्रयोगकर्तालाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ । डल–ई र दाविंचीजस्ता जेनेरेटिभ एआईका विशेषता प्रयोग गरिएको यो एपको च्याटबट मार्फत प्रयोगकर्ताले कुनैपनि प्रश्न सोध्न वा तस्बिरहरू डिजाइन गरेर रचनात्मक ढंगबाट प्रयोग गर्न सक्ने भाइबरले जनाएको छ । 

राकुटेन भाइबरले एआई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्दै 

‘परिवर्तनशील संसारमा लैजाने नवीनतम एआई उपकरण प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताले नयाँ एकाउन्ट बनाउनुपर्ने हुन्थ्यो’ भाइबरले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘भाइबरको लक्ष्य भनेको एआईलाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताका लागि सहज बनाउनु हो ।’

भाइबरले जटिल प्रविधि र प्रयोगकर्ता बीचको सहजताको लागि पुलको रूपमा काम गर्दै आएको छ । जसको कारण प्रयोगकर्ताले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको प्रयोग गर्न सक्नेछन् । केही ट्यापबाट नै प्रयोगकर्ताले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सक्ने छन् ।


प्रकाशित : फाल्गुन ४, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?